
काठमाडौं। नेपाल प्रहरीले सुन तस्करीमा संलग्न २ जनालाई पक्राउ गरेको छ। रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा संलग्न सुनसरीका २६ वर्षीय सुदीप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सोमबार साँझ काठमाडौंको नरदेवीबाट पक्राउ गरेको हो।
दुवै जनालाई केरुङ नाकाबाट भन्सार छलेर काठमाडौं सुन आयात गरेको आरोप छ। साथै भन्सार छलेर ल्याएको १२८.७ ग्राम सुन पनि उनीहरुबाट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई थप अनुसन्धानका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया