Pura Samachar

सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा

प्रकाशित: March 28, 2024
पूरा समाचार

सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा

काठमाडौँ । सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

केही दिन अघि बसेको सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा डा. लम्सालसहित केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो ।

डा. लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव रहेका छन् ।

प्रतिक्रिया