Pura Samachar

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

प्रकाशित: March 29, 2024
पूरा समाचार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं।दिल्ली उच्च अदालतले मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उच्च अदालतले केजरीवाललाई रिहाइ गर्न अस्वीकार गरेको भोलिपल्ट आज फेरि उहाँलाई प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले केजरीवाललाई आगामी अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको हो ।

इडीले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो । आसन्न निर्वाचनको तयारी भइरहेका बेला आम आदमी पार्टी नेता केजरीवाललाई पक्राउ गरिएको भन्दै भारतमा विरोध भएका छन् ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले केजरीवाललाई गिरफ्तार गरिएको विषय निगरानीमा राखेको भन्दै स्वच्छ र छिटो कानुनी प्रक्रिया अघि बढाएको सुनिश्चित गर्न केही दिनअघि भारत सरकारलाई आग्रह गरेका थिए । अमेरिकाको सो भनाइप्रति भारतले आपत्ति जनाइसकेको छ ।

प्रतिक्रिया