Pura Samachar

आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु

प्रकाशित: December 29, 2020
पूरा समाचार

आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु

१४ पुस, काठमाडौं ।

नेपालमा आज ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३५ नमुना परीक्षणमा उपत्यकाका ३९८ जनासहित देशैभरी ७०८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २७० र ४३८ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ४१ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ४४२ जना, गण्डकी प्रदेशमा ३७ जना, लुम्बिनी प्रदेशमा १३२ जना तथा कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ५५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० पुगेको छ ।

प्रतिक्रिया