Pura Samachar

सेयर बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम

प्रकाशित: March 31, 2024
पूरा समाचार

सेयर बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १२ करोड ५६ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया