Pura Samachar

खोलामा पौडी खेल्नदेखि माछा मार्न गएकाहरु तीन जनाको शव फेला

प्रकाशित: March 31, 2024
पूरा समाचार

खोलामा पौडी खेल्नदेखि माछा मार्न गएकाहरु तीन जनाको शव फेला

गुल्मी । खोलामा पौडी खेल्नदेखि माछा मार्न गएकाहरु तीन जनाको शव फेला परेको छ । एक जनाको रुम्दा खोल्सामा र दुई जना बडिगाडखोलामा शव फेला परेको छ । शनिबार र शुक्रबार तीनजनाको शव फेला परेको हो ।

सत्यवती ६ का ४८ वर्षका धनश्याम भण्डारीको खोल्सामा शव भेटिएको हो । मुसिकोट ४ आरुपाटाका २१ बर्षीय सन्दीप कुमाल र गुल्मीदरबार २, घोरा उपल्लोखर्कका १२ बर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेका प्रहरीले जनाएको छ । प्रिन्स शनिबार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका थिए । उनको शव आइतबार भेटिएका हुन् ।

आरुपाटाकासन्दिप मृत शनिवार साँझ ५ बजेको समयमा ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेका थिए । उनी सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया