Pura Samachar

सनराइजर्सहैदराबादको तेस्रो खेलमा दोस्रो हार

प्रकाशित: March 31, 2024
पूरा समाचार

सनराइजर्सहैदराबादको तेस्रो खेलमा दोस्रो हार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्सले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ। आइतबार साँझ अहमदाबादमा सम्पन्न भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै अङ्क तालिकामा ४ अङ्क बनाएको हो। सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा गुजरातले ५ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। गुजरातका लागि डेभिड मिलरले ४४ रनको नटआउट इनिङ खेल्दा कप्तान शुभमन गिलले ३६ रन बनाए। त्यस्तै ऋद्दिमान साहाले २५ रन बनाउँदा साइ सुदर्शनले ४५ रनको इनिङ खेलेका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका लागि अभिषेक शर्मा र अब्दुल समादले २९-२९ रन बनाउनु सर्वाधिक रह्यो। उनीहरु बाहेक हेनरीक क्लासेनले २४ तथा सहबाज अहमेदले २२ रन बनाए। त्यस्तै एइडन माक्रमले १७ तथा मंयक अग्रवालले १६ रन बनाएका थिए। ट्राभिस हेड १९ रनमा आउट भए। गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए।

प्रतिक्रिया