Pura Samachar

नेपाल पुलिस क्बल प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग खेल्ने

प्रकाशित: April 1, 2024
पूरा समाचार

नेपाल पुलिस क्बल प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग खेल्ने

कपिलवस्तु। विभागीय टोली नेपाल पुलिस क्बलले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग खेल्ने भएको छ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा साहारालाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।

पुलिसका लागि एक मात्रै गोल शिशिर चौधरीले गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफ शुरू भएको तीन मिनेटपछि नै शिशिरले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

५७औँ मिनेटमा साहाराले खेलमा फर्किने मौका पाएको थियो। तर, सुशिल लामाले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्।  त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।

खेलको म्यान अफ दी म्याच पुलिसका सञ्जित श्रेष्ठ भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल प्रवेशका लागि पुलिस र थ्रीस्टारले २१ गते खेल्ने छन्।

शनिबार भएको उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको थियो।

यस्तै, क्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्ने छन्। यस खेलको विजेताले फाइनल प्रवेशका लागि हानामी बीएफीसँग २२ गते खेल्ने छ।

हनामीले आइतबार सम्पन्न खेलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित अन्तिम चारमा स्थान बनाएको थियो।

प्रतिक्रिया