Pura Samachar

विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

प्रकाशित: April 2, 2024
पूरा समाचार

विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

बिराटनगर । विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बेलुकी सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-०  ले पराजित गरी एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

 

 

एपीएफका लागि प्रदीप लामा र अनिष महर्जनले एकएक गोल गरे। मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरेका हुन् ।

एपीएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद रु ११ हजार प्राप्त गरे।

मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने छन्।

प्रतिक्रिया