निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो।
यससँगै सर्वोच्चले उच्च अदालत पाटनको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो।
उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउन भनेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै ‘विष’ खाएकी थिइन्।
प्रतिक्रिया