Pura Samachar

नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक

प्रकाशित: April 3, 2024
पूरा समाचार

नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक

कपिलवस्तु। थ्रीस्टारलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक पुगेको छ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो।

पुलिसका लागि विवेक पाण्डेले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए। पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ र हनामी बीएफसीबीचको विजेतासँग खेल्ने छ।

यी दुई टोलीले दोस्रो सेमिफाइनलअन्तर्गत बिहीबार खेल्ने छन्। पुलिसले क्वार्टरफाइनलमा सहारा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारसँगको भेट पक्का गरेको थियो।

थ्रीस्टारले भने आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो।

प्रतिक्रिया