इटहरी ।सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६, भोक्रा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने आज बिहान १० बजेदेखि कर्फ्यू हटाइने छ।
साथै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यू जारी भएका स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली /भेला/प्रदर्शन नगर्न/नगराउन पनि भनिएको छ ।
फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रवार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।
हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो ।
प्रतिक्रिया