Pura Samachar

सुनको मूल्यले फेरी कीर्तिमानी उचाई,१ लाख ३६ हजार २०० रुपैयाँ कायम

प्रकाशित: April 8, 2024
पूरा समाचार

सुनको मूल्यले फेरी कीर्तिमानी उचाई,१ लाख ३६ हजार २०० रुपैयाँ कायम

काठमाडौं । सुनको भाउ आकासिने क्रम रोकिएको छैन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरी कीर्तिमानी उचाई बनाएको छ ।

आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज पनि ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ५५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया