Pura Samachar

आज नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

प्रकाशित: April 8, 2024
पूरा समाचार

आज नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २६ चैत ।  । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसले मंगलबार बिहान ७: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया