Pura Samachar

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता

प्रकाशित: April 9, 2024
पूरा समाचार

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएका छन्।

बुधबार हुने निर्वाचनका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले आज उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ।

प्रतिक्रिया