Pura Samachar

अल हिलाललाई साउदी सुपर कपको उपाधि

प्रकाशित: April 12, 2024
पूरा समाचार

अल हिलाललाई साउदी सुपर कपको उपाधि

काठमाडौँ – अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४(१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।

योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो ।

त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल हिलालले एक एक पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया