Pura Samachar

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम

प्रकाशित: April 12, 2024
पूरा समाचार

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम

काठमाडाैं । केही दिनदेखी बढीरहेकाे सुनकाे मुल्य नेपाली बजारमा आज पनि बढेर हालसम्मकै उच्च मुल्य कायम भएको छ । बिहिबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया