Pura Samachar

रौतहटमा एकैदिन ४ जना युवतीले गरे आत्महत्या

प्रकाशित: April 12, 2024
पूरा समाचार

रौतहटमा एकैदिन ४ जना युवतीले गरे आत्महत्या

रौतहट — रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन्।

फरक फरक स्थानमा ४ युवतीले आत्महत्या गरेका हुन्।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ की करिब १८ वर्षीया मनीषा कुमारी चौधरीले बिहीबार आत्महत्या गरेकी छन्।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ की १७ वर्षीया सिवानी साह, गढीमाई नगरपालिका वडा नं ३ की १६ वर्षीया असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा की १५ वर्षीया आँचलकुमारी दासले आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिका  अनुसार पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढेका छन्।

प्रतिक्रिया