Pura Samachar

कतारविरुद्ध नेपाल ३२ रनले विजयी

प्रकाशित: April 13, 2024
पूरा समाचार

कतारविरुद्ध नेपाल ३२ रनले विजयी

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबारको कतारविरुद्ध नेपाल ३२ रनले विजयी भएको छ। २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि गुल्सन झा, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए। राजवंशीले पहिलो विकेट लिएका थिए। दोस्रो ओभर बलिङ गर्न मैदान छिरेका उनले पहिलो बलमै विकेट लिएका थिए।

कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा ऐरीले दोस्रो विकेट लिए। उनले कतारका मोहम्मह अन्नाफलाई आउट गरेका हुन्।

त्यस्तै, गुल्सनले मोहम्मह इर्शदको विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए।

प्रतिक्रिया