काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।
कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो । जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो ।
बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । कोलकाताले सनराइजर्स हैदराबादलाई चार रनले, रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो ।
प्रतिक्रिया