Pura Samachar

रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै

प्रकाशित: April 15, 2024
पूरा समाचार

रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ। जारी सिजनको आईपीएलमा बैंगलुरु सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ ।

बैंगलुरु र हैदराबादबिचको खेल राति ७ः४५ बजे बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । जारी सिजनको आईपीएलमा हैदराबादको यो छैटौँ खेल हो । हैदराबादले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ।हैदराबाद ६ अंकसहित तालिकाको चोथो स्थानमा छ । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादले मुम्बई इन्डियन्सलार्य ३१ रनले हराएको थियो ।

यसैगरी सनराइजर्स हैदराबादले आफ्नो तेस्रो खेलमा गुजरात टाइटन्ससँग सात विकेटले हारेको थियो । चौथो खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । पाँचौँ खेलमा पनि हैदराबादले पञ्जब किङ्सलाई हराएको थियो ।

प्रतिक्रिया