काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा अश्रुग्याँस लागेका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।
राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।
उनको शव श्रद्धाञ्जलीका लागि आज १२ बजे राप्रपा कार्यालयमा राखिने भएको छ ।डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।
प्रतिक्रिया