Pura Samachar

म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा

प्रकाशित: April 18, 2024
पूरा समाचार

म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं : साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ।  सिटीलाई गएराति पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो।​

रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो। समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो। रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो। रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो। उनले १२ औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो। डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए। रियलले अब सेमिफाइनलमा बायर्न म्युनिखसँग खेल्नेछ।

प्रतिक्रिया