Pura Samachar

आज (शनिवार) तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: April 20, 2024
पूरा समाचार

आज (शनिवार) तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ : यूएईसँगको हारसँगै उपाधि दावेदार नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज (शनिवार) तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ।

हिजो भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६ विकेटले पराजित भएको नेपाल आजै भएको दोस्रो सेमिफाइनलमा ओमानसँग पराजित हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो।

भोलिको खेल जितेमा नेपालले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउनेछ।

उक्त प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाकाका ए टोली सहभागी हुनेछन्।

ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधिका लागि यूएईसँग फाइनलमा पर्सि (आइतवार) प्रतिस्पर्धा गर्ने भएको हो।

फाइनल पुगेका ओमान र यूएई इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएका छन् भने उपाधि विजेताले आगामी एशिया कपमा खेल्न पाउनेछ।

प्रतिक्रिया