Pura Samachar

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

प्रकाशित: April 20, 2024
पूरा समाचार

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौंः सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया