Pura Samachar

सवारी दुर्घटनामा एकजनाको मृत्यु

प्रकाशित: April 20, 2024
पूरा समाचार

सवारी दुर्घटनामा  एकजनाको मृत्यु

झापा। शुक्रबार राति १० बजेतिर झापाको बनियानीमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । दुर्घटनामा कचनकवल गाउँपालिका ४ का ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

मे ८ प ८१७ नम्बर र भारतीय नम्बर प्लेटको बीआरब३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल जुध्दा सो दुर्घटना भएको हो । मृत्यु भएका कृष्णले बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि बसेका कचनकवल ४ का १४ वर्षीय संदिप माझी गम्भीर घाइते हुनुहुन्छ । उहाँको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

गम्भीर घाइते मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ का २१ वर्षीय गोपाल राजवंशी र ७ का २५ वर्षीय रामबहादुर राजवंशीको ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ । दुईवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया