Pura Samachar

गुजरात टाइटन्स र कोलकोता नाइट राइडरस रोमाञ्चक जित

प्रकाशित: April 22, 2024
पूरा समाचार

गुजरात टाइटन्स र कोलकोता नाइट राइडरस रोमाञ्चक जित

काठमाडौँ । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले  बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो ।

यस अघि पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो कोलकोताको यस सिजनमा पाँचौं जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।

 साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो ।

गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए । उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए ।

पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए । अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे ।

प्रतिक्रिया