नायक आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ यो बर्षको क्रिसमसमा रिलिज नहुने पक्का भएको छ । अब, आउँदो बर्ष मात्र यो चलचित्रको रिलिज गरिनेछ ।
यसैविच, यो चलचित्रको निर्माणपक्षले अब आफ्नो कथामा कोरोना भाइरसको संकटलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।
यो चलचित्रले सन् १९४७ पछि भएका केही ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । यसैले पनि यो चलचित्रको मेकर्सलाई कोरोनाको कथा समावेश नगर्दा चलचित्र अपुरो हुने लागेपछि कथामा नयाँ बिषय थप्न लागिएको हो ।
लक डाउन हटेपछि कथामा नयाँ बिषय थप गरेर छायांकन सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । लक डाउन अगाडि यो चलचित्रको छायांकन भारतको चण्डिगढमा भैरहेको थियो ।
यो एक हलिउड चलचित्रको आधिकारिक रिमेक हो । अद्धैत चन्दनको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा आमिरको साथमा नायिका करिना कपुरको मुख्य भूमिका छ ।
प्रतिक्रिया