Pura Samachar

सुनको मूल्यमा गिरावट

प्रकाशित: April 22, 2024
पूरा समाचार

सुनको मूल्यमा गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया