
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाल सुन सोमबारको तुलनामा तोलामा २ हजार ७ सय रूपैयाँले घटेको छ ।
सोमबार तोलाको १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८ सय ५० रूपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदी तोलामा ४५ रूपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया