Pura Samachar

सुनको भाउ फेरि बढयाे

प्रकाशित: April 24, 2024
पूरा समाचार

सुनको भाउ फेरि बढयाे

काठमाडौं । सुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ३५० रुपैयाँ तोकिएको छ ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ६७० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ६६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया