Pura Samachar

रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो जीत

प्रकाशित: April 26, 2024
पूरा समाचार

रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जीत दर्ता गरेको हो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो । हैदरावादका सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए ।

बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २, विल ज्याक्स र याश दयालले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर बैंगलुरुले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै बैंगलुरुले ७ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छन् । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ ।

 

 

प्रतिक्रिया