Pura Samachar

सुनको भाउ वृद्धि

प्रकाशित: April 26, 2024
पूरा समाचार

सुनको भाउ वृद्धि

काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३६ हजार ५५० रुपैयाँ तोकिएको छ ।यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको भाउ २० रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदी १ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया