Pura Samachar

पन्जाब किंग्सकाे विश्व कीर्तिमानी जित

प्रकाशित: April 27, 2024
पूरा समाचार

पन्जाब किंग्सकाे विश्व कीर्तिमानी जित

बैशाख, काठमाडौं । ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ ।

पन्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रन पूरा गरेको हो । यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो ।

२६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पन्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे । खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

प्रतिक्रिया