Pura Samachar

रियलले बार्सिलोनासँगको अंक दुरी १४ मा पुर्‍यायाे

प्रकाशित: April 27, 2024
पूरा समाचार

रियलले बार्सिलोनासँगको अंक दुरी १४ मा पुर्‍यायाे

काठमाडौँ। शीर्ष स्थानमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ।

रियल एरिनामा शुक्रबार राति सम्पन्न खेलमा रियलले घरेलु टोली सोसिडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा अर्दा गुलेरले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको २९औँ मिनेटमा ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए।

त्यसको ३ मिनेटपछि नै सोसिडाडका टेकफुसा कुबोले गोल गरेपनि भिडियो असिस्टेन रेफ्री (भीएआर)ले मान्यता दिएन।

जितसहित शीर्ष स्थानमा रहेको रियलले बार्सिलोनासँगको अंक दुरी १४ मा पुर्‍याएको छ। रियलको ३३ खेलबाट ८४ अंक रहेको छ। एक खेल कम खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ।

पराजित सोसिडाड ३३ खेलबाट ५१ अंक जोड्दै छैटौँ स्थानमा यथावत् छ।

प्रतिक्रिया