Pura Samachar

एकदिने नागाल्याण्ड बन्द

प्रकाशित: April 27, 2024
पूरा समाचार

एकदिने नागाल्याण्ड बन्द

डा हरिमोहन पोखरेल                                               कोहिमा /नागाल्याण्डको बजार -व्यवसायमा बढदो अपहरण ,कर तथा अन्य कतिपय कुराको बीच दिमापूर उद्योग एवं बाणिज्य संगले सरकारलाई आफ्नो माग पूरा गर्ने दाबी गरेर आज एकदिने नागाल्याण्ड बन्द गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार उद्योग एवं बाणिज्य संग कोहिमा लगायत अन्य सामाजिक संघ -संस्थाहरुले पनि बन्दको सपोट गर्दै कोहिमा पनि बन्द रहेको खबर छ ।
कोहिमामा पनि बजार -व्यवसाय बन्द छन भने स्कुल -कलेज तथा सरकारी कार्यालय एवं बाहनहरु भने गुडि रहेको खबर छ भने अन्य जिल्लाहरु वोखा मकोक्चुग मोन न्यूल्याण्ड चुमु आदिमा पनि बजार -व्यवसाय बन्द रहेको खबर छ ।
कोहिमामा एकजना बाणिज्य संग का अधिकारीले जानकारी दिए अनुसार राज्यमा अनैतिक रुपले उठाउन थालिएको कर प्रणाली एवं अपहरण र अन्य कथ्य अकथ्य कुराहरुबाट मुक्त हुनुपर्छ त्यसले गर्दा आज सरकारलाई दबाब बनाउनको लागि यो बन्द गरेको हो ।
उनले अगाडि थपे कि दिमापूरको हालत त अझै दयनीय छ ।रोजै अपहरण लूटपाट तथा अनैतिक कर आदिले बजार -व्यवसायमा प्रतिकुल असर परेको छ भने कोहिमामा भने अलिक कमी रहेको उनले बताए ।
उनले अगाडि जनाए कि यो बन्दलाई आउने भविस्यमा बाहन चालक संगले पनि सहयोग गरेर चक्का जाम हुन सक्ने कुरा गरेका छन ।
स्मरण रहोस कि नागाल्याण्ड राज्यमा अनैतिक रूपमा उठाइने करले गर्दा धेरै जसो राज्यहरू पीडित छन ।जसको समाधान सरकारले ल्याउन सके सबैको भलो हुने थियो ।

प्रतिक्रिया