
डा हरिमोहन पोखरेल
कोहिमा /नागाल्याण्ड राज्यमा बढदो टेक्स अपहरण तथा विभिन्न धम्कीको बीच बाणिज्य एवं उद्योग संघले आवाहन गरेको राज्यव्यापी बन्दको असर भने आम जनता माझ देखा परेको खबर छ ।
प्राप्त समाचार अनुसार सबै व्यवसासिक स्थानहरु बन्द भएकोले आम जनता प्रतिदिन चलाउने समान नपाएर दुखित छन भने दोकानदारहरु भने सामान बिग्रने डरले एवं समयमा तिरो तिर्न नसकेको खण्डमा दोकान चलाउन मुस्किल भएको बताउँछन।
आज बन्दको तेस्रो दिन पनि बजार खुलेको छैन साथै सडकमा बाहनहरुको आवाजाही भने निर्बाध रूपमा भएको छ ।
प्राप्त अर्को समाचार अनुसार Confideration of nagaland commerce and industries (CNN )ले अनिश्चितकालकालिन राज्यव्यापी बन्दको घोषणा गरेको खबर छ ।
खबरले अगाडि जनाए अनुसार सीएनएन को बन्दलाई भने बाणिज्य एवं उद्योग संघ कोहिमाले पनि सपोट गर्दै आगामी मंगलबारबाट बन्द गर्ने घोषणा गरेको छ साथै आम जनताले भने दैनिक लाग्ने सरसमानहरु घरमा प्रयाप्त मात्रामा राख्नुपर्ने कुरा गरेको छ ।

बन्दको आज तेस्रो दिन पनि सबैतिर बन्द छ भने काहींबाट पनि अप्रिय समाचार सुन्नमा आएको छैन भने यो समाचार लेखुन्जेल सम्म सरकार संग बात भएको कुरा पनि जानकारीमा आएको छैन ।
स्मरण रहोस सरकारले कहिले बात गर्ने हो र समस्या सुल्झाउने हो ।त्यो त आउने भविस्यले बताउला।
प्रतिक्रिया