Pura Samachar

अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा भेटिए

प्रकाशित: April 29, 2024
पूरा समाचार

अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा भेटिए

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् ।

ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाइएको छ ।अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।

प्रतिक्रिया