Pura Samachar

नेप्से परिसूचक ज्यादै न्यून अंकले बढयाे

प्रकाशित: April 29, 2024
पूरा समाचार

नेप्से परिसूचक ज्यादै न्यून अंकले बढयाे

काठमाडौं ।साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ज्यादै न्यून अंकले बढेको छ। सोमबार नेप्से ०.०७  अंकले मात्रै बढेको हो। आज सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ०.३२ प्रतिशत र ०.५७ प्रतिशतले बढेका छन्।

कारोबारमा आएका ३१७ कम्पनीका ७३ लाख ४१ हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा  नेप्से घटेपनि आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आइतबार दुई अर्ब ६६ करोड ६ लाख  रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

नेप्सेका १३ समूहमध्ये चार समूहबाहेक सबैको सूचकमा गिरावट देखिएको छ। फाइनान्स समूह  सर्वाधिक ४.१७ प्रतिशतले बढ्दा बाँकी समूहमा सामान्य वृद्धि भएको छ। घटेका समूहहरुको सूचक एक प्रतिशतभन्दा कमले घटेका छन्।

सोमबार पोखरा फाइनान्स, जानकी  फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त र सप्तकोसी विकास बैंकको मूल्य क्रमशः ७.६१ प्रतिशत र ६.९९ प्रतिशतले बढेका छन्।

तर, पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतले गुमाएका छन्। इस्टर्न हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर र चिरख्वा  हाइड्रोपावरको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।

प्रतिक्रिया