Pura Samachar

भारतले टी–२० विश्वकपका लागि टोली घोषणा

प्रकाशित: April 30, 2024
पूरा समाचार

भारतले टी–२० विश्वकपका लागि टोली घोषणा

काठमाडौं । भारतले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ ।

मंगलबार भारतीय क्रिकेट चयनकर्ताले विश्वकपका लागि टोली घोषणा गरेका हुन् । टोलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् ।

साथै, शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टोलीमा स्थान पाएका छन् । र, स्पिनर युजवेन्द्र चहल टोलीमा फर्किएका छन् ।

टीम इन्डिया-

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह।

यसबाहेक युवा ब्याटर शुभमन गिल, रिंकु सिंह, के अहमद, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।

प्रतिक्रिया