Pura Samachar

व्यवसायी दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न अनुमति दिनेलाई कारबाही सिफारिस

प्रकाशित: April 30, 2024
पूरा समाचार

व्यवसायी दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न अनुमति दिनेलाई कारबाही सिफारिस

वैशाख, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न अनुमति दिनेलाई कारबाही सिफारिस गरिएको छ ।

लाइसेन्स लिएरसमेत राख्न नमिल्ने हतियार प्रसाईंले राखेको पुष्टि भएपछि कारबाहीको सिफारिस गरिएको हो । त्यसका साथै प्रसाईंले बोकेको अर्थस्वचालित हतियार जफत गर्नुपर्ने समितिको सिफारिस छ ।प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न दिनेलाई कारबाही सिफारिस गरिएको समितिका एक सदस्यले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया