
काठमाडौं ।विश्वकपका लागि जोस बटलरले इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् । इंग्लिस क्रिकेट बोर्डले टोलीमा क्रिस जोर्डनलाई पुनरागमन गराएको छ । उनीसँगै तीव्रगतिका बलर जोफ्रा आर्चरले स्थान पक्का गरेका छन् । सन् २०२३ को सेप्टेम्बरपछि जोर्डनले स्थान पक्का गरेका हुन् । इंग्ल्यान्डले पनि विश्वकपका लागि टोली तयार गर्दा आइपिएलमा आबद्ध खेलाडीलाई प्रमुख बनाएको छ । टोलीको उपकप्तानी मोइन अलीले गर्नेछन् । फिल साल्ट, बिल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, साम कुर्रन, क्रिस जोर्डन, टम हर्टली, आदिल रासिद, जोफ्रा आर्चर, मार्क उड र रिसे टप्ली छन् । समूह ‘बी’ रहेको इंग्ल्यान्डले अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया