Pura Samachar

हैदरावाद १ रनले विजयी

प्रकाशित: May 3, 2024
पूरा समाचार

हैदरावाद १ रनले विजयी

काठमाडौँ। सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा हैदरावाद १ रनले विजयी भएको हो। हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो।

राजस्थानलाई जितका लागि अन्तिम ओभरम १३ रनको आवश्यकता थियो। तर, अन्तिम ओभर गर्न आएका भुवनेश्वरले ११ रनमात्र दिए।

पहिलो बलमा उनले रविचन्द्रन आश्विनलाई एक रनमात्र दिएका थिए। दोस्रो बलमा उनले रोभम्यान पावेललाई २ रन दिए। तेस्रो बलमा पावेलले चौका प्रहार गरे।

त्यतिखेरसम्म ३ बलमा ७ रन आइसकेको थियो। र, राजस्थानलाई खेल जित्न ३ बलमा ६ रन आवश्यक थियो। सो अवस्थामा चौथो बल भुवनेश्वरले योर्कर गरेका थिए। उक्त बलमा पावेलले दुई रन लिए। योर्कर नै आएको पाँचौ बलमा पनि पावेल दुई रन लिन सफल भए।

तर, अन्तिम बलमा पावेल एलबीडब्यू आउट भए। पावेलले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाए। रविचन्द्र २ रनमा अविजित रहे।

रियान पराग ७७, यशस्वी जैसवाल ६७ र शिमरोन हेटमायर १३ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। हैदरावादका भुवनेश्वरले ३ विकेट लिँदा प्याट कमिन्स र टी नटराजनको नाममा २/२ विकेट रह्यो।

प्रतिक्रिया