Pura Samachar

आज काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा

प्रकाशित: May 4, 2024
पूरा समाचार

आज काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा

काठमाडौँ । डढेलो र आगलागीका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। पानी नपरुन्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

केही दिनको उच्च तापक्रम भने अहिले घट्दो क्रममा छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवामा आज ३७ देखि ३९ डिग्री सेल्यिससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

यस्तै, काठमाडौँ ३१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।

प्रतिक्रिया