Pura Samachar

वेस्ट इन्डिज ए विरुद्ध नेपाल ६ विकेटले विजयी, नेपालले सिरिज ३–२ ले गुमायाे

प्रकाशित: May 4, 2024
पूरा समाचार

वेस्ट इन्डिज ए विरुद्ध नेपाल ६ विकेटले विजयी, नेपालले सिरिज ३–२ ले गुमायाे

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा विजयी भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भयो ।

वेस्ट इन्डिज ए ले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८ दशमलब ५ मा ४ विकेट गुमाएर पूरा गर्यो ।

यो खेल जिते पनि नेपालले सिरिज भने गुमाईसकेको छ ।

नेपालका लागि आसिफ शेख तथा अनिल शाहले अर्धशतक पूरा गरे । शाहले ४५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५८ रन बनाए । ओपनर शेखले ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रन बनाए ।

दोस्रो विकेटका लागि शेख र शाहले ९६ रनको विष्फोटक साझेदारी गरे । अर्का ओपनर कुशल भुर्तेलले ९ बलमा ३चौकाको सहयोगमा १३ रन बनाए ।

कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा अविजित ३७ रन बनाए ।

वेस्ट इन्डिजका लागि ओबेद म्याकोइले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाउ ।

वेस्ट इन्डिजका लागि एलिक अथानाजेले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकाको सहयोगमा ३३ रन बनाए ।

ओपनर जोनसन चार्ल्सले २० बलमा २ चौका र २ छक्काको सहयोगमा २४ बनाए । म्याथ्यु फोर्डले १२ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।

प्रतिक्रिया