Pura Samachar

आर्सनल बोर्नेमाउथलाई ३-० गोल अन्तरले हरायाे

प्रकाशित: May 5, 2024
पूरा समाचार

आर्सनल  बोर्नेमाउथलाई ३-० गोल अन्तरले हरायाे

काठमाडौँ। उपाधि होडमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी ४ मा लम्बाएको छ।

एमिरेट्स स्टेडियममा शनिबार साँझ सम्पन्न खेलमा पाहुना टोली बोर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो।

जितसँगै ३६ खेल खेलेको आर्सनलको ८३ अंक पुगेको छ। दुई खेल कम खेलेको सिटीको ७९ अंक रहेको छ। तेस्रो स्थानमा रहेको लिभरपुलको भने ३५ खेलबाट ७५ अंक रहेको छ।

आर्सनलको जितमा बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड र डेक्लान राइसले गोल गरे। पहिलो हाफको अन्त्यतिर साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई शुरूआती अग्रता दिलाए।

७०औँ मिनेटमा लिआन्ड्रोले अग्रता दोब्बर बनाए। उनले राइसको पासमा गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा राइसले नै गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए। उनले ग्रेब्रियल येशुको पासमा गोल गरेका हुन्।

प्रतिक्रिया