Pura Samachar

चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लियाे

प्रकाशित: May 5, 2024
पूरा समाचार

चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लियाे

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज भएको खेलमा चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जावको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ । अहिले भैरहेको दोस्रो खेलमा लखनउ सुपर जायनट्स विरुद्व कोलकाताले उत्कृष्ट ब्याटिङ्ग गरिरहेको छ ।

प्रतिक्रिया