काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको हो ।
आइतबार स्थिर रहेको भाउ आज भने बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने १ लाख ३५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ । साताका दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ६६० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया