Pura Samachar

सूर्यकुमार यादवको शतकमा मुम्बई इन्डियन्सकाे जित

प्रकाशित: May 7, 2024
पूरा समाचार

सूर्यकुमार यादवको शतकमा मुम्बई इन्डियन्सकाे जित

काठमाडौँ। सूर्यकुमार यादवको शतकसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ।

सोमबार राति सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

जितसँगै नवौँ स्थानमा उक्लिएको मुम्बईको १२ खेलबाट ८ अंक रहेको छ। हैदरावाद ११ खेलबाट १२ अंकसहित चौथो स्थानमा छ।

मुम्बईका सूर्यकुमारले अविजित रहँदै १०२ रन बनाए। ५१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे। तिलक बर्मा ३७ रनमा अविजित रहे। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन।

भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले १/१ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनायो।

हैदरावादका ओपनर ट्रेविस हेडले सर्वाधिक ४८ रन बनाए। ३० बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। नितिशकुमार रेड्डी २० र मार्को यानसन १७ रनमा आउट हुँदा प्याट कमिन्स ३५ र सनवीर सिंह ८ रनमा अविजित रहे। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन।

मुम्बईका हार्दिक पाण्ड्या र पीयुष चावलाले ३/३ विकेट लिए। अंशुल कंबोज र जसप्रीत बुमराहले १/१ विकेट लिए।

प्रतिक्रिया