Pura Samachar

पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ

प्रकाशित: May 13, 2024
पूरा समाचार

पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ

काठमाडौं : पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ परेका छन्।

फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे आएका भारतीय नागरिक  सुरेश कुमार र  मोहन कुमार गणेशन पक्राउ परेकाे विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्।

उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया